Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हिंसा हुन्छ, प्रतिकार गर्नुस्` : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/18
अभिनेत्री रेखा थापाले नेपाली समाजमा घटिरहेको व्याप्त महिला हिंसाको विषयमा आफ्नो भनाई सार्वजनिक गरेकी छन् । प्रतिकार गर्न सकेमा समाजमा घटिरहेको महिला हिंसा न्यून हुने रेखाको धारणा छ ।
 
रेडियो, टेलिभिजन र पत्र पत्रिकामा कार्यक्रम उत्पादन गर्ने संस्था एन्टेना फाउन्डेशन नेपालसँगको भिडियो कुराकानीमा रेखाले महिला तथा पुरुष हिंसाको बिषयमा बोलेकी हुन् । ‘घरमा विद्रोह गरेर मैले बोर्डिङ स्कूल पढें' कुराकानीमा रेखाले भनेकी छिन्, 'तपाईं राम्रो हुनुस्, सही मार्ग दर्शनमा हिड्नुस्, काम गर्नुस् कसैले केही पनि गर्न सक्दैन भन्ने कुराको उदाहरण रेखा थापा हो ।’
 
यस्तै निर्माता छबिराज ओझासँगको सम्बन्ध बिच्छेदको बारेमा रेखाले भनेकी छिन्, 'सम्भवत नेपालको पहिलो महिला म नै हो जसले लोग्नेबाट सम्पत्ति नलिई सम्पूर्ण सम्पती फिर्ता गरेर सिंगो शरिर मात्रा लिएर फर्केको मान्छे ।' 
 
पुष २५ गते प्रदर्शनमा आउने फिल्म ‘तथास्तु’को मुख्य पात्र रेखा थापाले महिला हिंसाको बिषयमा बोलेको भिडियो हेर्नुस् ।

Most Visited News (monthly)