Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

`नारीलाई रूवाएको छैन` : निखिल उप्रेती

फिल्मीखबर, काठमाण्डौ, 2014/12/18
नेपालीमा उखानै छ- 'दुई जोईको पोई कुना पसि रोई ।' अभिनेता निखिल उप्रेतीका पनि दुई श्रीमती छन् । कोपिलासंग बिहे गरेपश्चात केही बर्षमा अभिनेत्री सञ्चिता लुईटेललाई पनि उनले आफ्नो बनाए । यिनै दुई श्रीमतीका पतिले भने, 'मैले नारीलाई रूवाएको छैन ।' 
 
 
 
बिहीबार फिल्म 'लाली'को घोषणा कार्यक्रममा उपस्थित भएका निखिलले भने, 'कुनै समय मैले दु:ख दिएँ होला तर उद्देश्य दु:ख दिने थिएन ।' आफ्ना दुई श्रीमतीलाई लक्षित गर्दै निखिलले नारीलाई नरूवाएको दाबी गरे ।
 
'मैले गल्ती गरेको छैन भन्दिन । गल्तिलाई शानको रूपमा पनि लिन्न', निखिलले भने, 'नारीको सम्मान गर्छु । जबसम्म नारीको मर्यादा बुझ्दैनौं तबसम्म हामीलाई सुख प्राप्त हुन्न ।' 
 
कलाकार शुलेमान शंकर 'इकु'ले निर्माण गर्न लागेको 'लाली' फिल्म युनिटको तर्फबाट आमाघरमा रहेका बृद्ध आमाहरूलाई व्ल्याङ्केट वितरण गर्दैगर्दा निखिलले थपे, 'म पशुपतीनाथको भक्त हुँँ । जबसम्म मान्छेले आफूभित्र भएको पशु व्यवहार पशुपतीलाई चढाउँदैन तबसम्म उसले नारीको र नेपाल आमाको सम्मान गर्न सक्दैन ।' 
 
 
 
निखिलले यसो भनिरहँदा ड्यासमा बसेका सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले ताली बजाएर सहमती जनाए । मन्त्री रिजालले फिल्म 'लाली'लाई सफलताको शुभकामना दिंदै आफ्ना सामु रहेका बृद्ध आमाहरूलाई नमस्कार गरे । उनले ति बृद्ध आमाहरूलाई 'लाली' युनिटले ल्याएको व्ल्याङ्केट वितरण गरे । 
 
रीत सिंहको डेब्यू निर्देशन रहने 'लाली'ले नारीको कथालाई उठाउने छ । कलाकार समेत रहेका इकुले फिल्म सस्पेन्स कमेडीमा आधारित रहने बताए । माघको दोस्रो साताबाट छायाँकन शुरू गरिने यो फिल्मको पटकथा शिवम अधिकारीले लेखेका छन् । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत तथा अष्ट महर्जनको द्धन्द निर्देशन रहने छ । अन्य कलाकार र प्राबिधिक छनोटको क्रममा छन् ।              
 
 
 
तस्विरहरू : विनोद पोखरेल  
 

 

Most Visited News (monthly)