Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संचारमन्त्रीको सस्तो उपस्थिती

फिल्मीखबर, काठमाण्डौ, 2014/12/18
सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले पदभार ग्रहण गरेपछि भनेका थिए– ‘मलाई फिल्म पनि मेरै कार्य क्षेत्रमा पर्छ भन्ने नै थाहा थिएन ।’ मन्त्रीले यसो भन्दा धेरै फिल्मकर्मीले उनले यो क्षेत्रका लागि के गर्लान् र ? भनेर प्रश्न पनि सोझाएका थिए । तर, केही महिना नवित्दै मन्त्री रिजालको बोली र गतिविधी फेरिन थालेको छ ।
 
अहिले मन्त्री रिजाल भन्न थालेका छन्– ‘अब त फिल्मको कार्यक्रममा धेरै देखिएर मलाई पनि कलाकार सोच्न थालेका छन् ।’ मन्त्री रिजालले आफूलाई कलाकार सोच्दै गर्दा उनी फिल्म सम्बन्धी सामान्य कार्यक्रममा पनि पुग्न थालेको देखिन्छ ।
 
बिहीबार बिहानै मन्त्री रिजाल काठमाण्डौमा एक रोधी घर उद्घाटनमा पुगेका थिए । ३ दिन अगाडि अभिनेत्री नम्रता श्रेष्ठको नयाँ फिल्मको टिजर मात्र सार्वजनिक गर्न मन्त्री उपस्थित भए । नम्रता टिजर सार्वजनिक गरेका मन्त्रीले कार्यक्रम सकिएपछि पनि लामै समय त्यही बिताए । अन्य फिल्मकर्मी र पत्रकारसँग गफ गर्नमा नै व्यस्त देखिएका थिए । 
 
मन्त्रीको यस्तो क्रियाकलापले उनी फुर्सदिला बनेको देखिन्थ्यो । मन्त्रीका गतिविधी अहिले पाच्य छैनन् । उनी बुधबार काठमाण्डौमा एक दोहोरी साँझको बार्षिक कार्यक्रममा पनि पुगे । मन्त्री जस्तो मान्छे यसरी सामान्य भन्दा सामान्य कार्यक्रममा पुग्नु कतिसम्म पाच्य होला ?
 
संचारमन्त्री रिजाल आफू संचारमन्त्री भएपनि मिडियाले नै खेदेको कुरा गर्छन् । तर, आफ्नो पद र सुरक्षालाई नै वेवास्ता गर्दै मन्त्री सामान्य कार्यक्रममा पुग्दा आलोचना हुनु सामान्य नै हो । केही सयम अघि रिजाल एक मोबाइल पसलको उद्घाटन गर्न पनि पुगेका थिए । के साँच्चै नै संचारमन्त्री फुर्सदिला बनेका हुन् त ? 
Most Visited News (monthly)