मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाम `रेश` काम `स्लो`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
सुरेश नाम फिल्म बजारमा खासै राम्रो नसुनिएर नै होला आफ्नो नाम परिवर्तन गरे रेश महरठ्ठाले । रेश नाम राखेपछि फिल्मी बजारमा दुगुर्ने उनको इच्छा पक्कै होला । 
 
तस्विर सौजन्य : सन्नी प्रधान 
 
तर, मानिसको नाम अनुसार काम हुन्छ भन्ने छैन । नाम रेश भएपनि उनले गरेका हरेक काम ढिलो हुने गरेका छन् । रेश आफैले निर्माण गरेको फिल्म 'च्यालेञ्ज' निर्माण भएको ५ बर्ष भैसक्यो । यो फिल्म कहिले हलमा आउछ, रेशलाई नै थाहा छैन ।
 
आफैले निर्माण गरेको मात्र होइन, रेशले खेलेका फिल्म पनि हलमा निक्कै ढिलो आउने गर्दछन् । रेशले नै अभिनय गरेको फिल्म 'मिसन पैसा रिलोडेड' ३ बर्षपछि हलमा लाग्दैछ । यसका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले बनाएका 'लुट', 'छड्के' लगायतका फिल्म हलमा आइसके । त्यो भन्दा अगाडी निर्माण शुरू गरिएको 'मिसन पैसा रिलोडेड' बल्ल हलमा आउने तयारीमा छ ।
 
रेशले नै अभिनय गरेको फिल्म 'मेरो बेष्ट फ्रेन्ड' पनि निर्माण भएको ४ बर्षपछि हलमा लागेको थियो । रेशले मोडलिड गरेका भिडियो पनि बजारमा ढिलो नै आउने गरेको छ । निर्देशक प्रदिप निरौलाले आफूले रेशलाई लिएर काम गरेको एउटा भिडियो बजारमा आउन एक बर्ष लागेको अनुभव सुनाए ।
 
आखिर नाम रेश भएपनि उनको काम किन ढिलो भैरहेको छ ? रेशले त दर्शकको चाहना अनुसार बनाउँदा समय लाग्ने बताउछन् । तर, कतै रेशको काम अनुसारको नाम नभएको त हैन ? कि फिल्म लाइनका लागि रेश भन्दा सुरेश नै फाप्थ्यो ? एकपटक सोच्नु पर्ला रेशजी ।