Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलोक नेम्वाङको जीवनीमा डकुमेन्ट्री

केदार बस्नेत, धरान, 2014/12/17
स्वर्गिय निर्देशक आलोक नेम्वाङको सपनाहरुलाई समेटेर डकुमेन्ट्री फिल्म बन्ने भएको छ । फिल्मी क्षेत्रमा भर्खरै उदाउन लागेका निर्देशक दुर्गा बस्नेतले उक्त डकुमेन्ट्री फिल्म निर्माण गर्न लागेका हुन् । 
 
बस्नेतले बताए अनुसार स्वर्गिय आलोक नेम्वाङले कल्पना गरे बमोजिम नेपाली फिल्मी क्षेत्रमा प्रस्तुत गर्न अधुरो रहेको श्रृजनालाई नेपालीदर्शक माझ देखाईने छ । बस्नेतले स्वर्गिय नेम्वाङले कल्पना गरेको सृजनालाई ‘अ ड्रिम ओर्क अफ आलोक नेम्वाङ - च्यालेन्ज टु द वर्ल्ड' नाम दिएका छन् ।
 
डकुमेन्ट्री फिल्मलाई बस्नेतले फरक ढङगले प्रस्तुत गर्ने बताए । डकुमेन्ट्रीले नेम्वाङको आत्माले शान्ती पाउने र नेम्वाङप्रति सम्मान हुने आश बस्नेतको छ । डकुमेन्ट्री यसै महिना भित्र तयार भइ बजारमा आउने समेत बस्नेतले बताए । उनले नेम्बाङसँग संगत गरेको ३ वर्षे अनुभवलाई आधार मानेर डकुमेन्ट्री तयार परेको जानकारी गराए । 

 

Most Visited News (monthly)