मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वान वे`को भाग्य बलियो

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
फिल्म ‘वान वे’ले गोलाप्रथामा बाजी मारेपछि अब फागुन १ लाई प्रदर्शन पक्का गरेको छ । यो मितिमा निर्माता संघका अध्यक्ष राजकुमार राईको निर्माणमा बनेको ‘वान वे’ र प्रदिप कुमार उदयले बनाएको ‘अधकट्टी’ रिलिज हुने तयारीमा थिए । 
 
 
राजकुमार राई र प्रदीप कुमार उदय हात मिलाउँदै । तस्विर सौजन्य : अनुप भट्टराई
 
 
दुई आशा गरिएका फिल्म हलमा लाग्दा निर्मातालाई नै नोक्सान हुने भन्दै गोलाप्रथा गरिएका हो । गोलाप्रथामा राजकुमारले जितेपछि 'वान वे' भनिएकै मितिमा लाग्ने भएको हो । सहमति नजुटेपछी गोलाप्रथा गरिएको हो ।  
 
सुब्रत आचार्यले निर्देशन गरेको 'अधकट्टी' भने अर्को बर्ष मात्र प्रदर्शनमा आउनेछ । भाग्यको बिषयमा बनेको कमेडी फिल्मले रिलिजको चाँजोपाँजोमा भने हार बेहोरेको छ । यो हार जितको संकेत रहेको निर्माण युनिटको बुझाई छ । 
 
सुरज सुब्बा नाल्बोले निर्देशन गरेको ग्याङ्स्टार फिल्म 'वान वे' मा करिश्मा मानन्धर, रबिन तामाङ, माला सुब्बा, सिद्धार्थ गुरुङ लगायतका कलाकारको अभिनय छ ।