मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बनाउनेले बिर्सिएको `मिसन पैसा रिलोडेड` (ट्रेलर हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
फिल्म 'मिसन पैसा रिलोडेड`को ट्रेलर सार्वजनिक कार्यक्रममा यसका निर्माता र लेखक नै दोधारमा देखिए । निर्माता माधव वाग्लेले फिल्म एक्सन–थ्रिलरमा रहेको जानकारी दिदै गर्दा यसका लेखक प्रचण्डमान श्रेष्ठले भने एक्सन कमेडीमा बनेको बताए ।
 
 
३ बर्ष अगाडि निर्माण भएपनि विभिन्न कारणले हलमा आउन नपाएको यो फिल्म अब भने फाल्गुण १५ गतेबाट चल्ने भएको छ । सिमोस सुनुवारले निर्देशन गरेको फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् ।
 
फिल्ममा निशा अधिकारी, आमिर गौतम, रेश महरठ्ठा, हर्षिका श्रेष्ठको साथमा अभिनेत्री प्रियंका कार्कीले एक गीतमा आइटम नृत्य गरेकी छिन् । फिल्ममा हरी हुमागाँइको छायांकन, राजकुमार उप्रेतीको द्वन्द्व, दिर्घ खड्काको सम्पादन, स्वर्गिय पाण्डव सुनुवारको संगीत रहेको छ । 
 
फिल्मको नयाँ ट्रेलरमा एक्सन पाटोलाई महत्व दिइएको छ । यो फिल्मलाई एक्सन बिषयका फिल्म मन पराउने दर्शकले रुचाउने अपेक्षा छ । यसअघि बनेको 'मिसन पैसा'ले भने बक्सअफिसमा खासै पैसा छाप्न सकेको थिएन ।