अभिनेत्री नम्रता श्रेष्ठले निर्माण गरेको फिल्म 'सोल सिस्टर'को टिजर र पोस्टर सोसल साइटबाट रिलिज गरिएको छ । प्रशान्त रसाईलीले निर्देशन गरेको यो फिल्म थ्रिलर बिधामा पर्छ ।
माघ २ गतेबाट प्रदर्शनमा आउने भनिएको 'सोल सिस्टर'मा नम्रता नै मुख्य भूमिकामा छिन् । फिल्ममा नम्रताको साथमा दीपक शर्मा, शकुन्तला बैद्यको पनि मुख्य भूमिका छ । राजेश हमाल र बैंकर रविना देशराज बिशेष भूमिकामा छन् ।