मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज केकीको जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2014/12/17
आज पौष २ गते अभिनेत्री केकी अधिकारीको जन्मदिन हो । काठमाण्डौको जोरपाटीमा जन्मिएकी केकी पिता बद्री अधिकारी (फिल्म निर्देशक) र माता लक्ष्मी अधिकारीकी पहिलो सन्तान हुन् ।
 
 
थुप्रै चर्चित म्युजिक भिडियोहरुमा अभिनयपश्चात् 'स्वर' फिल्म मार्फत नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी केकी हाल 'हाऊ फन्नी' फिल्मको सुटिङमा व्यस्त छिन् । उनले एक दर्जनभन्दा बढि फिल्ममा अभिनय गरेर सफलताको बाटो कोरिसकेकी छिन् ।   
 
स्नातकोत्तरसम्मको अध्ययन गरेकी केकीले यहि बर्ष नेफ्टा, डि सिने र कामना अवार्ड हात परेर आफूलाई अब्बल ठहर्‍याईन् । कुशल अभिनय क्षमता भएकी केकीलाई जन्मदिनको लाखौंंलाख शुभकामना ।