फिल्म 'जिन्दगी रक्स'बाट डेब्यू गरेका सौरमराज तुलाधर र अकेशा बिष्ट प्रेममा रहेको चर्चा चलिरहेको छ । फिल्ममा अनस्क्रिन रोमान्स गरेको यो जोडीले नस्विकारे पनि मौन रूपमा स्विकारेको छ ।

फिल्म सुटिङको दौरानमा नजिकिएका सौरम र अकेशा एकअर्कालाई माया गर्छन्, अकेशाको मोबाईलको कभरमा जोडीको रूपमा रहेको तस्विरले पनि पुष्टी गर्न मद्दत गर्छ ।
सोमबार दिउँसो बानेश्वरको एक रेष्टुरेन्टमा गफिने क्रममा अकेशाको मोबाईलको कभर फोटो देखियो । जहाँँ अकेशा र सौरमको हँसिलो तस्विर थियो । यो जोडीको तस्विरका बारे जिज्ञासा राख्दा जवाफ आयो, 'यो फिल्मको फोटो हो । फिल्म चल्ने बेला सम्म राख्छु । त्यसपछि पनि नरहला भन्न सकिन्न ।' अकेशाको मन्द मुस्कान पनि छरियो ।

आडैमा रहेका सौरम मुस्कुराए । अकेशाले पनि आँखाले प्रेम भाव दर्शाइन् । यि दुईको प्रेम बुझ्न गार्हो भएन । अकेशाको आँखा र ओठलाई आकर्षक मान्ने सौरमले भने, 'वी आर क्लोज्ड बट नट इन लभ ।'

