मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिहेपछि हमालको प्रोडक्शन चालु

फिल्मीखबर, काठमाण्डौ, 2014/12/15
अभिनेता राजेश हमाल सोमबार साँझ अभिनेत्री नम्रता श्रेष्ठको फिल्म, म्यूजिक भिडियो प्रोडक्शन गर्ने कम्पनीको सुभसाइत समारोहमा भेटिए । अभिनेत्री नम्रता समेत फिल्म प्रोडक्शनमा अगाडी बढ्दा हमालको फिल्म निर्देशन गर्ने कुरा कहाँ गयो त ? 
 
 
पत्रकारले तपाई प्रोडक्शन गर्न तर्फ कहिले लाग्नुहुन्छ त भनेर प्रश्न सोधेका थिए । जवाफ सबैले आशा गरेको भन्दा फरक आयो । हमालले आफू बिबाहित भएको र प्रोडक्शन चालु रहेको रमाइलो जवाफ दिए । हमालको यो जवाफलाई धेरैले धेरै कोणबाट बुझे । कार्यक्रम हल हाँसोले गुञ्जायमान भयो । हमालले भनेका थिए- 'भर्खरै बिहे गरेको छु, प्रोडक्शन त भैरहेको छ नि ।'
 
सार्वजनिक कार्यक्रममा नै हमालले यस्तो जवाफ फर्काउँदा यसलाई विभिन्न नजरले हेरिएको छ । ४० बर्ष कटेपछि बिहे गर्नु हुँदैन, ढिला हुन्छ भन्दै हिडेका हमाल आखिर के परिवारमा नयाँ सदस्य भित्राउने तयारीमा लागेका हुन् त ? उनको जवाफले यस्तै संकेत गर्छ ।
 
हमालले आफूहरुको काम मनोरञ्जन दिने भन्दै बोरिड जवाफ दिन नचाहेको खुलाए । आफ्नो व्यक्तिगत कुराहरु विभिन्न कोणबाट खोलेर गसिपमा रमाउन चाहने हमालको यो जवाफ गसिपका लागि थियो या साँच्चै केही अर्थ राख्छ ? भोलीका दिनले बताउला ।