प्रदर्शनको तयारीमा रहेको फिल्म 'साइकल'को निर्माण युनिटले भक्तपुरको कटुञ्जेस्थित तीनधारा चौर, युनिटी एङग्लिश स्कुल प्रांगणमा स्थानिय सुवर्नेश्वर युवा समाजको सक्रियतामा निःशुल्क औषधी वितरण शिविर सम्पन्न गरेको छ ।
फिल्मका कलाकार र निर्माता तथा संगीतकार राजेन्द्र श्रेष्ठको सहभागीतामा सम्पन्न स्वास्थ्य शिविरमा ४ सय ४१ जना महिला तथा पुरुषले निःशुल्क स्वास्थ्य परिक्षाण र औषधी प्राप्त गरे । स्वास्थ्य शिविरमा मध्यपुर अस्पताल थिमी र तिलगंगा आँखा अस्पतालका डाक्टरहरुले शारीरिक स्वास्थ्य जाँचमा नि:शुल्क उपचार सेवा दिएका थिए ।
फिल्मका निर्माता तथा संगीतकार राजेन्द्र श्रेष्ठले यस प्रकारको सामाजिक कार्य देशका विभिन्न गाउँमा समेत आयोजना गर्ने तयारी गरिएको बताए । शिव घिमिरेको निर्देशनमा बनेको 'साइकल'मा विक्की मल्ल, हर्षिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारीलगायतका कलाकारले अभिनय गरेका छन्।

