Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म व्यवसायमा दिपकको फड्को

फिल्मीखबर, काठमाण्डौ, 2014/12/15
हिन्दी र नेपाली फिल्म वितरण कम्पनीको रूपमा चिनिएको दर्शना आर्ट्स प्रालिका सञ्चालक गंगाप्रसाद अधिकारी (दिपक)को परिचय निर्माताको रूपमा पनि पारीचित छ । विगत २८ बर्षदेखि व्यवसाय गर्दै आएका दिपकले 'माया दिउँ झैं भो' र भोजपुरी फिल्म 'जावाज जिगरवाला' निर्माण गरेका छन् ।  
 
 
बाग्लुङ्ग जिल्लाको अमला चौर गाविसमा जन्मिएका अधिकारीको काठमाडौंको गोङ्गबुमा स्थायी बसोवास रहेपनि लामोसमयदेखि उनी भारतमा बस्दै आएका छन् । २८ बर्ष अघि भारतको मुम्बईबाट आफ्नो व्यवसायिक लगानी सुरु गरेका अधिकारी लामोसमयदेखि फिल्म वितरकको रूपमा कार्यरत छन् । 
 
अधिकारीले चाडै नै हिन्दी र थप नेपाली फिल्ममा लगानी गर्ने बताएका छन् । अधिकारीकै फिल्मबाट सुरुवात गरी सुपर स्टार बिराज भट्टले भोजपुरी फिल्म नगरीमा आफूलाई स्थापित गरेका हुन् । 
 
वि. सं. २०६६ सालमा दर्शना आर्ट्स प्रालीको सञ्चालन गरी व्यवसायिक रूपमा वितरक बनेका दिपकले हाल सम्म नेपालमा ३० भन्दा धेरै हिन्दी फिल्मको वितरण गरिसकेका छन् । 
 
दर्शना आर्ट्सले 'चेन्नई एक्सप्रेस', 'होलिडे', 'आर राजकुमार', 'रागिनी एमएमएस 2', 'एक भिलेन', 'हैदर' लगायतका हिन्दी फिल्म वितरण गरेको छ भने 'ऋतु', 'पुन्टे परेड', 'वल्ड कप इन नेपाल', 'हँसिया', 'उत्सव' लगायतका नेपाली फिल्म पनि वितरण गरिसकेको छ ।
 
होटल तथा मेडिकल क्षेत्रमा पनि लगानी गरेका दिपकले कथामाण्डौमा फिल्म हल खोल्ने तयारी समेत गरेका छन् । बुझ्नमा आएअनुसार अबको एक बर्षमा राजधानीमा दर्शना आर्ट्स कम्पनीको आफ्नै हल हुनेछ ।   
 
दर्शना आर्ट्सलाई भारतमा शाखा विस्तार गरेका दिपकले अमेरिकामा पनि शाखा विस्तार गर्दैछन् । यहि जनवरी २०१५ बाट आफ्नो व्यवसायलाई विस्तार गर्ने क्रममा अमेरिका प्रस्थान गर्न लागेका दिपकले नेपाली फिल्म र कलाको विकासमा अग्रसर भएर लाग्ने बताए । 
Most Visited News (monthly)