Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेत्रीलाई तौल घटाउन नभन्ने यश चोपडा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/14
बलिउडमा काम गर्ने अभिनेत्रीहरुको बारेमा विभिन्न खालका टिप्पणी आइरहन्छन् । कसैको तौल धेरै भएको त कसैको कम भएको भन्दै संचारमाध्यममा आलोचना पनि भएको पाइन्छ । अभिनेत्रीहरु तौलकै कारण थुप्रै फिल्मबाट हात धुन पनि वाध्य हुन्छन् ।
 
तर, स्वर्गिय निर्देशक यश चोपडाले कहिले पनि अभिनेत्रीहरुलाई तौलको बिषयमा केही भनेनन् । आफ्नो फिल्म 'दिल्वाले दुल्हनिया जायंगे'ले १ हजार हप्ता सफल प्रदर्शन गरेको खुशीयालीमा आयोजित कार्यक्रममा अभिनेत्री काजलले यो कुरा खुलाएकी हुन् । उनले भनिन्– ‘अभिनेत्रीहरु जस्तो भएपनि यशजीले कहिले तौल घटाउ वा बढाउ भन्नुभएन ।’
 
काजलले यश चोपडासँग काम गर्दा आफू भाग्यमानी भएको भन्दै उनले कहिले तौल धेरै वा कम भयो भन्दै आलोचना नगरेको बताइन् । ४० बर्षकी यि अभिनेत्रीले भनिन्– ‘सेटमा पुगेपछि सबै अभिनेत्रीलाई यशजी खुला रुपमा काम गर्न दिनुहुन्थ्यो ।’ आलोचना गर्दा अभिेनत्रीमा काम गर्ने जाँगर हराउने सोचाई चोपडाको थियो ।
Most Visited News (monthly)