Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

कपिल शर्माको कार्यक्रम स्थगित !

फिल्मीखबर, काठमाण्डौ, 2014/12/12

भारतीय चर्चित कमेडियन कपिल शर्माको शनिबार दशरथ रंगशालामा हुने पर्पलफेष्ट कार्यक्रम स्थगित हुने भएको छ । कार्यक्रमको अघिल्लो दिन साँझ सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम स्थगित गर्न  आदेश दिएको छ । 

सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा संवेदनशील भएको भन्दै माघ ८ पछि मात्र कार्यक्रम गर्न आयोजक एनसेललाई आदेश दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले सुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगित गर्न आदेश दिएको बताएका छन् ।  

 

कार्यक्रमका लागि करिब १३ हजार टिकट बिक्री भईसकेको आयोजकले जानकारी दिएको छ । लिखित पत्र नआएकाले एनसेलले कार्यक्रमको बारेमा आफ्नो अधिकारिक धारणा राखेको छैन । 

 

कार्यक्रममा कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरु जितु नेपाल, विल्सन विक्रम राई, सुगम पोखरेललगायतले स्टेज तताउने तयारी गरेका थिए ।

Most Visited News (monthly)