Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`कामचोर` आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2014/12/12
ग्रीनहिल भीएफएक्स मिडियाको प्रस्तुतीमा निर्माण भएको फिल्म 'कामचोर' प्रदर्शनको लागि तयार हुँदैछ । दिनेश श्रेष्ठले निर्देशन गरेको यो फिल्मको सुटिङ सकिएर हाल पोस्टप्रोडक्सनको काम भईरहेको छ । 
 
 
अभिमानसिंह बस्न्यातको प्रस्तुतीमा प्रमोद गौचनको लगानी रहेको 'कामचोर' कमेडी–सस्पेन्स कथामा आधारित रहेको निर्देशक श्रेष्ठले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए । 
 
पुष्कर रेग्मी, रविन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, हर्षिका श्रेष्ठ, बालदिप राई, रविना दास लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको कथा निर्देशक श्रेष्ठ स्वयंकै हो । निर्देशककै छायांकन रहेको यो फिल्ममा भरत सिटौलाको संगीत छ । 
Most Visited News (monthly)