आज शुक्रबारबाट दुई नयाँँ नेपाली फिल्म 'लभ यू बाबा' र 'कान्छी मट्याङ ट्याङ' रिलिज भएका छन् । आठ बर्षे बालक सौगात बिष्टले निर्देशन गरेको 'लभ यू बाबा' दर्शक रूवाउने फिल्म हो भने पूरन थापा निर्देशित 'कान्छी मट्याङ ट्याङ' हँसाउने फिल्म हो ।
.jpg)
आफ्नो छोरीको खुसीको लागि बाबुले गरेको संघर्षको कथा बोकेको 'लभ यू बाबा'मा गजित बिष्ट र संगम बिष्टको मुख्य भूमिका छ । यस्तै यो फिल्ममा निश्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा, बसन्त भट्ट, अर्जुन गुरूङलगायतको अभिनय छ ।
संसारकै कान्छो निर्देशकको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम दर्ता गराउने हेतुले आठ बर्षे बालक सौगातले फिल्म निर्देशन गरेका हुन् । सौगातको निर्देशन क्षमता देखेर आम नेपाली चकित मात्र भएका छैनन्, फिल्म हेरेर रोएका समेत छन् । यो फिल्मलाई सम्झना पोखरेलले निर्माण गरेकी हुन् ।

यता जयकिशन बस्नेत, सारिका केसी र पूरन थापाको मुख्य भूमिका रहेको 'कान्छी मट्याङ ट्याङ' पूर्ण रूपमा हाँस्य प्रधान फिल्म हो । फिल्मलाई निर्देशक थापाले नै निर्माण गरेका हुन् ।

