बलिउडका आकर्षक अभिनेता हुन्, ऋतिक रोशन । उनको जीउडाल र प्याक्सको कुरा गर्नेहरु त विश्वमै छन् । उनै ऋतिक ४ बर्षको अन्तरालमा तेश्रो पटक एसियाकै सेक्सी पुरुष बनेका छन् ।
.jpg)
बेलायतको एक साप्ताहिक पत्रिकाले हरेक बर्ष ५० जना एसियाका सेक्सी पुरुषको सूची निकाल्ने गर्दछ । जसमा ऋतिक तेश्रो पटक सेक्सी पुरुषको पहिलो स्थानमा परेका छन् । दोश्रो स्थानमा बीग बोस ७ का प्रतियोगी कुशाल टन्डन परेका छन् । यो लिष्टमा साहरुख खान १२ नम्बरमा छन् भने रणवीर सिंहलाई २१ औं नम्बरमा राखिएको छ ।
अभिनेता ऋतिक रोशनले सेक्सी पुरुषको उपाधी पाउँदा खुशी लागेको बताएका छन् ।

