मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको फिल्म 'जन्मभूमी'को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक प्रस्तुत पोस्टरमा कलाकारको भीड त छ नै आम मानिसको जुलुस पनि अटाईएको छ ।

निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, बाल कलाकार सौगात बिष्ट, नव कलाकार अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई, तथा निर्देशक मोहन निरौलाको मुख्य भूमिका रहेको यो फिल्मले सामाजिक कथामा राष्ट्र प्रेमलाई झल्काईएको छ ।
राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचो मिचो, बार्ह्य हस्तक्षेप एवं जनजिवनका विविध पक्षमाथी फिल्मले वकालत गर्ने छ । युवराज राईको छायाङ्कन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा सुरज गिरीको लगानी रहेको छ । फिल्ममा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियले गीत लेखेका छन् ।
आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर फिल्म रिलिज गरिनेछ । यस अघि थुप्रै टेलिश्रृंखला र फिल्म लेखन, निर्देशन, अभिनय गरेका मोहन निरौलाले यसअघि 'पूकार' र २०५२ सालमा पनि ‘जन्मभूमी’ नामककै फिल्म निर्देशन गरेका थिए ।

