हिन्दू धर्म मान्ने अभिनेता आर्यन सिग्देलले मुस्लिम धर्ममा विश्वास गर्न थालेका छन् । उनले धर्म परिवर्तन गरेका भने हैनन् । आगामी पौष २५ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'मा आर्यन मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिंदै छन् ।
.jpg)
बिहीबार सार्वजनिक गरिएको 'अलबिदा'को अफिसियल ट्रेलरमा आर्यनसँगै अभिनेत्री अनिता आचार्यलाई पनि मुस्लिम धर्ममा विश्वास गर्ने युवतीको भूमिकामा देखाईएको छ । यो फिल्ममा आर्यन र अनिताले मुस्लिम धर्म मान्छन् भने वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसन खान पण्डीतको भूमिकामा देखिने छन् ।
हिन्दू र मुस्लिम धर्ममा विश्वास गर्ने युवायुवतीको विचमा मौलाएको प्रेमलाई मुख्य कथा बनाईएको 'अलबिदा'लाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । अभिनेता खानकै निर्माण रहेको यो फिल्ममा तारा प्रकाश लिम्बुको संगीत तथा रमेश्वर कार्कीको छायाँकन छ ।

