Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किम्फको उद्घाटनमा `सुनाकली`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/11
काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १२ औं संस्करण बिहीबार कमलपोखरीस्थित कुमारी हलमा शुरू भएको छ । राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह हल र पर्यटन बोर्डको हलमा नियमित चल्दै आएको किम्फ यसपटक कुमारीमा आयोजना गरिएको हो ।  
 
पाँचदिने महोत्सवको उद्घाटनमा भोजराज भाटको फुटबलसम्बन्धी डकुमेन्ट्री ‘सुनाकली'बाट गरियो । यो फिल्ममा मुगुको एउटा विकट गाउँमा रहेको महिला फुटबल टिमकी सदस्य सुनाकलीलाई केन्द्रमा राखिएको छ । यो डकुमेन्ट्री फिल्मलाई धेरैले रूचाएको पाईयो । 
 
हिमाल एसोसियनको आयोजना चलेको महोत्सवमा २० राष्ट्रका ८० वटा फिक्सन, डकुमेन्ट्री, छोटा र प्रयोगात्मक, एनिमेसन तथा फिल्ममात्र प्रदर्शनका लागि छानिएका छन् । राष्ट्रिय स्पर्धाका रूपमा रहेको नेपाल पानोरामाका लागि १४ फिल्म प्रतिश्पर्धामा छन् ।   
 
महोत्सवमा पर्वतीय मुद्दा, जनजीवन वा वातावरण झल्काउने फिल्म देखाइदै छ । महोत्सवलाई आकर्षक बनाउन विभिन्न देशबाट करिब तीन दर्जन विदेशी फिल्म निर्देशक, निर्माता र अवलोकनकर्तासमेत आएका छन् ।   
 
किम्फमा सर्वोत्कृष्ट तीन फिल्मलाई क्रमशः १५ सय, १ हजार तथा ५ सय डलरको पुरस्कार वितरण गरिनेछन् भने नेपाली पनोरमा विधाका उत्कृष्ट फिक्सन तथा ननफिक्सन फिल्महरुलाई चलचित्र विकास बोर्ड र थेम्स इन्टरनेसनल कलेजले ५०–५० हजार रुपैयाँ पुरस्कार स्वरूप दिनेछन् । 
 
बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी पर्वतारोही एवं फिल्म निर्माता डेभिड ब्रेसियर्स र इटालीका फिल्म निर्माता पाओला नेस्सीको निर्णयक टिमले उत्कृष्ट फिल्मको छनोट गर्ने छ । 
 
किम्फको उद्घाटनमा देखाईएको डकुमेन्ट्री 'सुनाकली' हेर्नुहोस्  । 

Most Visited News (monthly)