गुन्जन एण्ड कुुसुम फिल्म्सको प्रस्तुतिमा चेत बहादुर सिंह (राजा)को निर्माण तथा सबिन बास्तोला (गीरधारी)को निर्देशनमा बनेको फिल्म 'सुनपानी'को बिषेश प्रदर्शन जयनेपाल हलमा सम्पन्न भएको छ ।
नेकपा एमालेको गण्डकी सम्पर्क कमिटिको सहयोगार्थ भएको च्यारिटि शोमा एमालेका केन्द्रिय सदस्य पूर्व मन्त्री किरण गुरुङ्ग प्रमुख आतिथि थिए । फिल्म हेर्न जयनेपाल पुगेका अतिथी तथा दर्शकले कथावस्तु मौलिक रहेको प्रतिक्रिया दिए ।
थुप्रै चेतनामूलक टेलिश्रृङ्खलाहरुमा निर्देशन तथा अभिनय गर्दै आएका निर्देशक बास्तोलाले 'सुनपानी'मा जातिय छुवाछुत र बर्गीय शोषण बिरुद्ध बिषयलाई उठान गरेका छन् । फिल्ममा निर्देशक बास्तोला नै मुख्य भूमिकामा छन् ।
यसैगरी फिल्ममा तारा केसी, अग्रज केसी, आशा भुषाल, नविन तिम्सिना, चेत बहादुर सिंह, स्वस्तिका लामिछाने, निशा शाह, स्मृती पाण्डे लगायतको अभिनय छ । 'सुनपानी'मा गणेशकुमार श्रेष्ठको छायाँकन, बिमलराज क्षेत्रीको संगीत तथा कमल खालिङ्ग र नीशा शाहको नृत्य निर्देशन रहेको छ ।

