चैत १३ गते सार्वजनिक प्रदर्शनमा आउने भनिएको फिल्म 'भूलभुलैया'को गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक समारोहका विच फिल्मको अडियोसँगै एक भिडियो गीत पनि सार्वजनिक गरिएको हो ।

योगेश घिमिरे निर्देशित फिल्म 'भूलभुलैया'को ‘आँखैमा अनुहार झ्याप्पै’ बोलको गीतमा निता ढुङ्गाना र शोहित मानन्धरले कम्मर मर्काएका छन् । राजेन्द्र थापाको शब्दमाथि बसन्त सापकोटाले संगीत भरेको प्रस्तुत गीतमा कविराज गहतराजले कलाकारलाई डान्स स्टेप सिकाएका हुन् भने प्रल्हाद तिमल्सिना र मिलन अमात्यले स्वर दिएका छन् ।
दिनेश कुमार पोखरेल प्रस्तुतकर्ता रहेको 'भूलभुलैया'मा जीवन लुईटेल, नीता ढुंगाना र सोहित मानन्धर मुख्य भूमिकामा छन् । शिवम अधिकारीको लेखन रहेको लभस्टोरी फिल्म ‘भूल भूलैया’लाई बाबु श्रेष्ठले खिचेका हुन् । फिल्ममा निर्देशक घिमिरे, निरज ढकाल, शुशिल कार्कीको पनि लगानी छ ।

