मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हसन खान पण्डित बन्दा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/10
वास्तविक जीवनमा हसन खान मुस्लिम धर्म मान्छन् । यता अभिनेता आर्यन सिग्देल हिन्दु धर्म मान्छन् । यी दुबै मिल्ने साथी पनि हुन् । तर, पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'अलबिदा'मा भने यी दुईको चरित्र वास्तविक जीवन भन्दा विल्कुल फरक छ । 
 
 
फिल्ममा हसन हिन्दु धर्म मान्ने पात्रको रुपमा देखिएका छन् । आज बुधवार छायांकन गरिएका केही दृश्यमा हसन कपाल खौरिएर पण्डित बनेका छन् । यता आर्यनलाई भने मुस्लिम भूमिकामा देखाइएको छ । हसनको यो नयाँ गेटअपले दर्शकलाई कौतुहलता पनि पैदा गरिदिएको छ ।
 
 
लक्ष्मण रिजालले निर्देशन गरेको फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् । आर्यन र हसनको एक्सनले फिल्म प्रतिक्षारत बनेको छ । फिल्ममा अनिता आचार्य दुई पात्रको विचमा छिन् । अनिता पनि मुस्लिम युवतीको भूमिकामा छिन् । 
 
 
एक्सन, लभस्टोरी र कर्णप्रिय गीतका कारण 'अलबिदा' चल्नेमा निर्माता तथा कलाकार हसन खान ढुक्क छन् । आज फिल्मका केही दृश्य खिचिएपछि छायांकनको सम्पूर्ण काम सकिएको छ । ताराप्रकाश लिम्बुको संगीत अहिले चर्चामा छ ।