फिल्म हेर्नुअघि हरेकको मनमा उब्जिने प्रश्न, ८ बर्षका एक बालकले कसरी साढे २ घन्टाको फिल्म बनाउन सक्छ ? लामो समयदेखि मिडियामा ८ बर्षका निर्देशक भनेर चर्चा पाइरहेका सौगात बिष्टप्रति धेरैको विभिन्न खालका टिप्पणी पनि भए ।

जब आज बेलुकी काठमाण्डौमा फिल्मको प्रिमियर भयो, धेरै अचम्म मान्दै निस्किए । बाहिर निस्कने धेरै पत्रकार र फिल्मीकर्मीको आँखा रसाएका थिए । साँच्चै, ८ बर्षका निर्देशक आफू खुशी हुँदै गर्दा धेरैलाई रुवाए ।
आउँदो शुक्रबारबाट हलमा लाग्न लागेको यो फिल्मलाई सबै पत्रकार र फिल्मीकर्मीले राम्रो भनेका छन् । एक बाबुले छोरीलाई गर्ने माया र उसको चाहनामा केन्द्रित यो फिल्मको पहिलो पाटोमा दर्शक हाँसेको पाईयो भने दोश्रो पाटोले रुवाएको पाईयो ।
फिल्ममा बाल कलाकार संगम बिष्टको काम तारिफयोग्य छ । कलाकार गजित बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट र निर्मल शर्माले पनि राम्रो काम गरेका छन् । गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउने तयारीमा समेत रहेका सौगातको कामले सबैलाई तानेको छ ।






.jpg)

