अभिनेत्री प्रियंका कार्की अभिनेता आर्यन सिग्देललाई विभिन्न रुपमा तर्साउने तयारीमा छिन् । फाल्गुण ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माला’मा प्रियंकाको यस्तो रुप देखिन्छ ।


सस्पेन्स थ्रिलर फिल्म 'माला'को बुधवार फष्टलुक सार्वजनिक गरियो । कार्यक्रममा अभिनेता आर्यन सिग्देल समयमा नै पुगेपनि अभिनेत्री कार्की भने कार्यक्रम सकिएपछि मात्र देखा परिन् ।
सार्वजनिक टिजर र ट्रेलरमा प्रियंका आत्मा बनेको देख्न सकिन्छ । नक्षत्र फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा आर्यन र प्रियंकाको अलवा सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, नमिता आचार्य, शिशिर राना लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा आर्यन एक डाक्टरको भूमिकामा छन् । कार्यक्रममा आर्यनले आफ्ना लागि ‘माला’ लामो समयसम्म सम्झिराख्ने फिल्म बनेको बताए । शिशिर राना कार्यकारी निर्माता रहेको फिल्मलाई सुदिप भुपाल सिंहले लेखन तथा निर्देशन गरेका हुन् ।

