Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता खतिवडा मृत फेला

फिल्मीखबर, काठमाण्डौ, 2014/12/10
निर्माता नारायण खतिवडा मृत फेला परेका छन् । राजधानीको बागबजारस्थित होटल हार्दिकको कोठा नं. १०३ मा उनी मृत भेटिएका हुन् । 
 
 
मंगलबार दिउँसो होटलमा आएका खतिवडा बुधबार दिउँसो करिब साढे ३ बजेतिर नग्न अवस्थामा मृत अवस्थामा भेटिएका हुन् । बुधबार बिहानैबाट उनी बसेको कोठाको ढोका नखुलेपछि शंका लागेर हेर्दा उनी मृत भेटिएको होटलले जनाएको छ । 
 
खतिवडाको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ । प्रहरीका अनुसार भोली बिहान खतिवडाको पोस्टमार्टम हुनेछ । अत्याधिक मदिरा सेवनका कारण खतिवडाको निधन भएको बुझ्नमा आएपनि  प्रहरीले निधन हुनुको कारण पोष्टमार्टमपछि थाहा हुने बताएको छ ।   
 
चितवनका स्थाई वासिन्दा खतिवडाले ‘भेटी’ र ‘लफडा’ नामका फिल्म निर्माण गरिसकेका छन् भने ‘मेरो मान्छे’ उनको पछिल्लो फिल्म हो । यो फिल्मको हाल पोस्टप्रोडक्सनको काम भईरहेको छ ।  
 
Most Visited News (monthly)