अभिनेता राजेश हमाल बिहेपछि फिल्मबाट हराए जस्तै छन् । घर व्यवहारका कारण पनि हमाल हराएको हुनसक्छ । उनै हमाल एक बिहेमा सहभागी हुन बनारस पुगेका छन् ।
.jpg)
बनारस जाँदै गर्दा हमाल चढेको प्लेनमा एक सिंगापुरे महिला भेट भइन् । हमालसँग उनले कालो चश्मा मागिन् र लगाइन् । ति महिलासँग तस्बिर खिचाएर हमालले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । उक्त महिलासँग तस्बिर खिचाउँदा हमाल खुशी देखिएका छन् ।
हमालले आफू बिहेका लागि पुगेको स्थानमा आफ्ना आमा र बुबाको बिहे भएको खुलाएका छन् । उनले बनारसमा अाफ्ना बुवा आमाको प्रेम विवाह भएको स्टाटसमा उल्लेख गरेका छन् । साथमा उनका पिताले पनि बनारसमा नै पढेको उनले फेसबुकमा लेखेका छन् ।
मधुलाई छोडेर हमाल बनारस एक्लै गएका छन् । प्लेनमा उनका सहयोग दीपेन्द्र मात्र देखिन्छन् । मधुलाई छोडेर एक्लै यात्रा गर्दा हमाल सिंगापुरे महिलासँग जिस्किएको देखिन्छन् ।

