मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

आर्यनको रुप बदलिदै

फिल्मीखबर, काठमाण्डौ, 2014/12/09
'नोभेम्बर रेन' र 'लज्जा'सम्म आइपुग्दा आफ्नो भूमिकामा खासै परिवर्तन गर्न नसकेका अभिनेता आर्यन सिग्देल अब भने परिवर्तित रुपमा देखिदैछन् । उनी दर्शकलाई फरक स्वाद दिन चाहन्छन् ।  
 
 
आर्यनले शुक्रबारबाट प्रदर्शनमा आएको 'नाईके' फिल्ममा आफ्नो भूमिका पूरै परिवर्तन गरे । चकलेटी प्रेमी आर्यन 'नाईके'मा मारकाट र लडाईंमा लागे । उनको यो भूमिकालाई जती दर्शकले हेरे, सबैले रुचाए । तर, आर्यनको चकलेटी अवतार जस्तो एक्सन अवतार भने चलेन ।
 
यिनै आर्यन सिग्देल फाल्गुण २२ गते चल्ने भनिएको फिल्म 'पूर्नजन्म'मा आर्मीको भूमिकामा देखिदैछन् । फाल्गुण १५ गतेलाई प्रदर्शन मिति तोकिएको यो फिल्म एक साता पर सरेको हो । स्वर्गिय निर्देशक आलोक नेम्वाडको फिल्म 'अझै पनि' फाल्गुण १५ मा लाग्ने भएकाले उनको सम्मानका लागि एक साता पर सरेको निर्माता मोहनकृष्ण श्रेष्ठको भनाई छ ।
 
'पूर्नजन्म' फिल्मले नेपालको इतिहासको कथालाई उठान गरेको छ । सजन श्रेष्ठले निर्देशन गरेको फिल्ममा केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाहीको पनि अभिनय छ । अभिनेता आर्यन सिग्देलले यो फिल्ममा आफ्नो भूमिका र गेटअप परिवर्तन गरेका छन् ।
 
दर्शकले चकलेटी भूमिकामा मात्र देखिंदा आलोचना गरेपछि आर्यन भूमिका परिवर्तनको सोचाइमा पुगेका हुन् । उनको बिल्कुलै फरक भूमिका रहेको अर्को फिल्म 'माला' पनि प्रदर्शनको तयारीमा छ । उनले यो फिल्म नाम र दामको लागि नभई कलाको लागि गरेको बताएका छन् ।    
 
यस्तै आर्यन मुस्लिम युवकको भूमिका रहेको फिल्म 'अलबिदा' पनि रिलिजको क्रममा छ । यो फिल्म यही पौष २६ गते रिलिज हुनेछ ।