दक्षिण भारतीय फिल्म नगरीका चर्चित सुपरस्टार रजनिकान्त र बलिउड अभिनेत्री सोनाक्षी सिन्हा तामिल फिल्म 'लिंगा'मा एकसाथ देखिदैछन् । दर्शकले एक्सनका पिता मानिने रजनिकान्तसँग बलिउडकी सुन्दरी सोनाक्षीलाई यो फिल्ममा रोमान्स गर्दै गरेको अवस्थामा देख्न पाउनेछन् ।

हालै मात्र रजनिकान्तले सोनाक्षीसँगको रोमान्सको पललाई सबैभन्दा अप्ठ्यारो भनेका छन् । ६० बर्षका रजनिकान्त र भर्खरकी सोनाक्षीविचको रोमान्स एक गीतमा देखाइएको छ ।
रजनिकान्तले भने– ‘मलाई यति डर पहिलो पटक क्यामेरा फेस गर्दा पनि भएको थिएन जति सोनाक्षीसँग रोमान्स गर्दा भयो ।’ उनले एक भर्खरकी यूवतीसँग गीतमा नाच्न भन्दा कुदिरहेको ट्रेनमा स्टन्ट गर्न सजिलो भएको समेत खुलाए ।

