बलिउडकी सफल अभिनेत्री एवं निर्मात्री पूजा भट्ट आफ्ना पति मनिष मखिजासँग डिभोर्सको तयारीमा छिन् । उनले ट्विटर मार्फत अलग हुन लागेको खुलाएकी हुन् । सन् २००३ मा बिहे गरेको यो जोडीले ११ बर्षपछि अलग हुने निर्णय गरेको हो ।
बलिउडमा कुनै समय निक्कै बोल्ड अवतारका कारण पूजाको नाम चर्चामा थियो । तर, अहिले उनी फिल्म निर्माणमा नै व्यस्त देखिन्छिन् । पूजाले पतीलाई मुन्नाको नामले सम्बोधन गर्दै ११ बर्षपछि अलग हुने निर्णय गरेको ट्विट गरेकी छिन् । उनको घरवार विग्रिएको खबर केही समयदेखि बलिउड बजारमा चर्चामा थियो ।
बलिउडमा अहिले डिभोर्सको लहर नै चलेको छ । केही समयअघि मात्र अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजनले अलग हुने निर्णय गरेका थिए ।

