Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

साझा बस जस्तै संयम पुरी

फिल्मीखबर, काठमाडौं, 2014/12/06

अभिनेता संयम पुरीले आफूलाई साझा बससँग तुलना गरेका छन् । उनले यस्तो तुलना अरु कहिँ होइन आफैं अभिनित फिल्म ‘आभाष’को ट्रेलरमा गरेका हुन् । सार्वजनिक ट्रेलरमा अभिनेत्री प्रकृति श्रेष्ठले संयमलाई छाडेपछि यस्तो धारणा व्यक्त गरेका हुन् ।

 


‘सम्बन्ध साझा बस जस्तै भएको छ । कति बेला को चढ्छ थाहै नहुने’ आभाषको ट्रेलरमा भनिएको छ । पुस २५ गते रिलिज हुने तरखरमा रहेको फिल्मले प्रचार प्रसारलाई तिब्रता दिने क्रममा शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा संयमसँगै सलोन बस्नेत, आश्मा डिसी र निशा अधिकारी पनि फिचरिङ भएका छन् ।

 


प्रेम सम्बन्धको बहुआयामिकता पेस गर्ने फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । फिल्मलाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाही मिलेर निर्माण गरेका हुन् । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरे्का हुन् ।

 

हेर्नुहोस ट्रेलर

 

Most Visited News (monthly)