Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन भर्सेस लभ स्टोरी

फिल्मीखबर, काठमाण्डौ, 2014/12/05
आज शुक्रबारबाट देशभर दुई नेपाली फिल्म 'नाइके' र 'रंग बैजनी' प्रदर्शनमा आएका छन् । 'नाइके' आर्यन सिग्देल स्टारर एक्सन फिल्म हो भने 'रंग बैजनी' प्रेमकथामा आधारित पारिवारिक फिल्म हो ।
 
 
नेत्र गुरूङले निर्देशन गरेको 'नाइके'मा अभिनेता सिग्देलसँगै रेमा विक, सुर्बिना कार्की, बोधराज रेग्मीलगायतको अभिनय छ । आर्यन यो फिल्ममा बिल्कुलै नयाँँ भूमिकामा रहेको बताईएको छ ।   
 
शम्भु प्रधानको निर्देशन रहेको 'रंग बैजनी'मा गरिमा पन्त, सुमिना घिमिरे, दिक्पाल कार्की मुख्य भूमिकामा छन् । नूतन प्रधानको लेखन रहेको 'रंग बैजनी'ले दुई महिला पात्रको पारिवारिक द्धन्दलाई देखाएको छ ।
 
 
यस्तै आजैबाट अजय देवगन स्टारर हिन्दी फिल्म 'एक्सन ज्याक्सन' पनि प्रदर्शनमा आएको छ । प्रभु देवा निर्देशित यो एक्सन फिल्ममा अजयसँगै सोनाक्षी सिंहा मुख्य भूमिकामा छिन् ।    
 
 
Most Visited News (monthly)