मिठो स्वरकी धनी गायिका रजिना रिमाल बुधवार डी सिने अवार्डको स्टेजमा देखिइन् । उनले संगीतकार तथा गायक ताराप्रकाश लिम्बुसँग मिलेर फिल्म 'अलबिदा'को गीत गाइन् ।
तारा जसरी सुरमा शब्द नबिर्सी गाउँदै थिए, रजिनामा त्यो देखिएन । रजिनाले शब्द मात्र बिर्सिनन्, स्वर पनि राम्रोसँग खुलाउन सकिनन् ।
रजिनाले गाएका थुप्रै गीतहरु हिट छन् । फिल्मको पाश्र्व गायनमा होस् या आधुनिक गीतमा नै किन नहोस्, रजिनाको स्वरका फ्यान हजारौं छन् । तर, स्टूडियोमा गीत गाउँदा रजिना जती खुल्न सक्छिन्, स्टेजमा त्यो देखिएन ।
स्टेजमा दर्शक कलाकारको स्वरसँगै उसको हाउभाउ पनि हेर्ने गर्छन् । कयौं गायक तथा गायिकाले स्वर त्यती राम्रो नभएपनि हाउभाउकै कारण चर्चा पाएका छन् । यसैले, रजिनाले स्वरसँगै स्टेजमा उभिंदा आफ्नो हाउभाउलाई पनि पस्कन जरुरी देखिएको छ ।
रजिनाले गाएको 'अलबिदा'को गीत सुन्नुहोस् ।

