Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`निलडेभिड फिल्ममा आउनुपर्छ` : गौरी मल्ल

फिल्मीखबर, काठमाण्डौ, 2014/12/04
नेपालका चर्चित हेयर स्टाइलिष्ट निलडेभिड कटुवालले राजधानीको सुन्धारास्थित सिभिल मलमा निलडेभिड युनिसेक्स सैलुन खोलेका छन् । एघारौं शाखाको रुपमा रहेको सैलुनको बिहीबार अभिनेत्री गौरी मल्लले रिवन काटेर पानसमा दियो बाल्दै शुभारम्भ गरिन् ।
 
 
मलको पहिलो तलामा रहेको शाखाको उद्घाटन पछि अभिनेत्री मल्लले निलडेभिडको कामबाट आफु प्रभावित भएको बताईन् । ‘उनले हेयर स्टाइलको क्षेत्रमा नयाँ सोच ल्याएका छन् । आफ्नो कलालाई फिल्म क्षेत्रमा पनि ल्याउन म सुझाव दिन्छु', अभिनेत्री मल्लले भनिन्,‘फिल्म क्षेत्रमा पनि हेयर स्टाइलको स्कोप राम्रो छ, त्यसलाई पूरा गर्न पनि निलडेभिड फिल्म क्षेत्रमा आउनुपर्छ ।’
 
कार्यक्रममा निलडेभिडले गौरीको भनाईप्रति तत्काल केहि प्रतिक्रिया दिएनन् । उनले राजधानीका विभिन्न स्थानमा शाखा विस्तार गर्ने सोचाई अनुरुप आफूले सिभिल मलमा शाखा खोलेको जानकारी गराए । 
 
कार्यक्रममा कलाकार तथा निर्देशक निर्मल शर्मा, ‘अझै पनि’ फिल्मकी निर्माता तथा फेसन डिजाइनर पूनम गौतम लगायतले निललाई शुभकामना दिए । 
 
Most Visited News (monthly)