मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

केकीलाई नेपालमा सुख्खा, विदेशमा मालामाल

फिल्मीखबर, काठमाण्डौ, 2014/12/04
अभिनेत्री केकी अधिकारीले 'मसान' फिल्ममा अभिनय गरेर नसोचेको प्रशंशा र चर्चा पाईन् । उनको कामको तारिफ सबैले गरे । उनले सोचेकी थिईन्, यो फिल्मबाट अवार्ड पनि पाउन सक्छु । तर, केकीले अवार्ड भने पाइनन् । अवार्ड नपाउँदा कलाकारलाई खिन्न लाग्नु स्वभाविक नै हो ।
 
 
'मसान' बाहेक केकीले अभिनय गरेका अन्य थुप्रै फिल्मको चर्चा भयो तर अवार्ड हातमा परेन । उनले चित्त बुझाईन्, 'मैले भन्दा राम्रो काम अरूले गरेका रहेछन् ।'  
 
गतबर्ष अभिनय गरेका २ फिल्म 'महशुस' र 'बितेका पल'बाट पनि केकीले निकै चर्चा र तारिफ पाईन् । अन्तत: यहि फिल्मले उनलाई अवार्ड दिलायो । उनी सर्वोत्कृष्ट भईन् । 
 
रमाईलो पक्ष के छ भने, केकीले नेपालमा हुँदा अवार्ड पाईनन् । जब उनी बिदेश पुगिन् तब अवार्ड हात लाग्यो । हङकङमा आयोजना भएको नेफ्टा फिल्म अवार्डमा केकी उत्कृष्ट अभिनेत्री ठहरिइन् । योसँगै केकीको अवार्ड पाउने क्रम रोकिएको छैन । 
 
अभिनेत्री अधिकारी यतिबेला कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा छिन् । उनी विदेश गएपछि नेपालमा २ वटा अवार्ड समारोह आयोजना भए । दुबै अवार्डमा केकी उत्कृष्ट अभिनेत्री ठहरिएकी छिन् ।
 
२ दिनको अन्तरमा आयोजना भएका अवार्ड समारोहमा उत्कृष्ट अभिनेत्रीको अवार्ड थाप्न केकीले पाइनन् । उनले फेसबुकबाट अवार्ड पाएकोमा खुशी व्यक्त गरिन् । नेपालमा रहँदा अवार्ड नपाएकी केकी विदेशमा पुगेपछि भने अवार्डको विजेता बनिरहेकी छिन् । तर, पाएको अवार्ड लिन स्टेजमा जान नपाउँदा केकी खल्लो अनुभव भने पक्कै गर्दै छिन् । 
 
जेहोस्, नेपालमा रहँदा अवार्डमा सुख्खा भएपनि विदेशमा पुगेपछि भने केकीलाई मालामाल नै भएको छ । अब अवार्ड हुने बेला केकी बिदेश तिरै जाने पो हो कि !