रेखा थापा अभिनित एक्सन फिल्म ‘तथास्तु’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सबिर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशी पनि मुख्य भूमिकामा छन् ।

काईट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्देशक श्रेष्ठसहित रामहरी धितालको लगानी रहेको फिल्म ‘तथास्तु’ पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मका लेखक जगदिश्वर थापा हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बाबु श्रेष्ठको छायाँकन एवं रोशन श्रेष्ठको द्धन्द्ध निर्देशक छ ।

