आठ बर्षपछि एक्सन कटमा फर्केकी अभिनेत्री पल्लवी भट्टले पौष २५ गते रिलिज हुन लागेको फिल्म 'अलबिदा'मा कम्मर मर्काएकी छिन् । 'हुन्छु कि म बदनाम' बोलको आईटम गीतमा पल्लवीलाई अभिनेता आर्यन सिग्देल र हसन खानले साथ दिएका छन् ।
.jpg)
रोहन नेपालीले करियोग्राफी गरेको प्रस्तुत गीतमा नरेश भट्टराईको शब्द, मनिषा पोखरेलको स्वर तथा ताराप्रकाश लिम्बुको संगीत रहेको छ । बालाजु ल्याबमा सेट लगाएर तयार पारिएको प्रस्तुत गीत आकर्षक देखिन्छ । फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् भने हसन खानले निर्माण गरेका हुन् ।
आर्यन सिग्देल, हसन खान, अनिता आचार्य, नागेन्द्र रिजाल, सुरेश न्यौपाने, स्वर्णिम थापा, राजु रेग्मी मगरलगायतको अभिनय रहेको यो फिल्मले मुस्लिम र हिन्दू धर्म बिचको प्रेमकथालाई देखाउँछ । फिल्मलाई रामेश्वर कार्कीले खिचेका हुन् ।

