Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रियंकाको अभिनय परिक्षा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/03
बलिउडकी भर्सटायल अभिनेत्री प्रियंका चोपडा हाल 'बाजीराव मस्तानी' नामक फिल्मको सुटिङमा व्यस्त छिन् । उनले यो फिल्म आफ्नो अभिनयको परिक्षा हुने बताएकी छिन् । 
 
 
'मेरो कोम' फिल्ममा शशक्त अभिनय गरेकी प्रियंकाले भनेकी छिन्, 'मेरो कोम मेरो करियरको सबैभन्दा कठिन फिल्म हो भने 'बाजीराव मस्तानी' अभिनयको अग्नी परिक्षा।' 
 
आजभन्दा ५०० बर्ष अगाडीको कथामा बनेको यो फिल्ममा आफूले पाएको भूमिका निकै गार्हो रहेको भन्दै प्रियंकाले थपिन्, '५०० बर्ष अगाडीको कथामा न्याय गरेर काम गर्नु सहज पक्कै छैन । कठिन हुंदाहुँदै पनि मैले न्याय गर्ने कोशिस गरेकी छु ।'
 
संजयलीला भंसालीको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा प्रियांकासँगै रणवीर सिंह र दीपिका पाडुकोण पनि मुख्य भूमिकामा छन् ।  यो फिल्म सन् २०१५ को अन्त्यतिर रिलिज हुनेछ । 
 
Most Visited News (monthly)