नेपाली फिल्म क्षेत्रमा अभिनेता आर्यन सिग्देलको यतिबेला एकलौटी राज छ भन्दा फरक नपर्ला । हिट फिल्मदेखि उत्कृष्ट अभिनेता सबै आर्यनकै पोल्टामा छन् ।
.jpg)
आज बुधवार सम्पन्न भएको छैठौं डी सिने अवार्डमा पनि आर्यन उत्कृष्ट अभिनेता ठहरिए । २ दिन अगाडि आयोजित कामना फिल्म अवार्डमा पनि आर्यनले यही विधामा अवार्ड थापेका थिए । उत्कृष्ट अभिनेताको अवार्ड थाप्न स्टेजमा पुगेका आर्यनले आफूलाई यही क्षेत्रमा जिउन र मर्न मन लागेको खुलाए ।
आर्यनले फिल्म क्षेत्रको विकासका लागि आफूले सधैं नै योगदान दिने भन्दै अन्तिम श्वास रहेसम्म यही नै काम गर्ने चाहना व्यक्त गरे । यही अवसरमा आर्यनले आउँदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके' र पौष २५ रिलिज हुने फिल्म 'अलबिदा' संवाद पनि सुनाए ।
वैशाखीको साहारामै आर्यन अवार्ड समारोहमा पुगेका थिए । यो बर्ष मात्र २ फिल्म हिट भएपछि आर्यनको चर्चा चुलिएको छ । यो बर्ष उनका आधा दर्जन भन्दा बढि फिल्म रिलिज हुँदैछन् ।

