अभिनेत्री नीता ढुंगाना जाडो महिनामा पनि वन पिस पहिरनमा डि सिने अवार्डमा पुगेकी थिइन् । नीता प्रेमी आमेष भण्डारी र निर्देशक दिनेश डिसीको साथमा अवार्डमा पुगेकी थिईन् ।


कार्यक्रमको मध्य भाग तिर आइपुगेकाले उनीहरु अलमलमा परे, कहाँँ गएर बस्ने ? प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना भैरहेको 'डी सिने अवार्ड'मा पुग्दा उनीहरुलाई बस्नुहोस् भन्ने कोहि थिएनन् । सबै कार्यक्रममा रमाइरहेका थिए ।
हल प्रवेश गर्ने ढोकाको छेउमै ३ जना १५ मिनेट जति उभिए । उनीहरुको कसैले पनि मतलब गरेनन् । उनीहरू अगाडीको सिटमा बस्न चाहन्थे तर सिट खाली थिएन । अगाडीको सिट नपाएपछि उनीहरू कार्यक्रम हलको बाँया साईडको बिच भागमा गएर बसे ।
नीतालाई आफूले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने आशा थियो होला । यता निर्देशक दिनेश डीसीलाई पनि उत्कृष्ट निर्देशकको अवार्ड जित्ने आशा पक्कै थियो । तर, जब उत्कृष्ट अभिनेत्रीको अवार्ड केकी अधिकारीको पोल्टामा गयो, निता खिन्न भइन् भने विकास आचार्यले उत्कृष्ट निर्देशकको अवार्ड पाएपछि दिनेश हलबाट बहिरिए ।
यता कमेडी पस्कन स्टेजमा पुगेका दीपकराज गिरी र दीपाश्री निरौलाले आफ्नै फिल्मका कलाकारलाई ब्यड्ग्य गरे । यो मेसोमा नीता पनि परिन् । दीपक र दीपाले निर्देशक डिसीको बारेमा भने केही बोलेन । केही बोल्न हुन्न उनले त कुट्छन् भन्दै घुमाउरो शैलीमा दीपक र दीपाले दिनेशलाई ब्यड्ग्य कसे ।
आयोजकले निर्देशक समाजका अध्यक्ष समेत रहेका दीनेश डीसीलाई कुनै अवार्ड वितरणका लागि स्टेजमा बोलाउने कष्ट समेत गरेन । नीताले अवार्ड नपाएपछि आयोजकलाई पनि केही भन्छिन् कि भन्ने धेरैलाई लागेको थियो । कार्यक्रम सकिन नपाउँदै नीता, दीनेश र आमेष हलमा देखिएनन् ।
के दिनेश डिसी र नीता ढुंगानालाई आयोजकले वेवास्ता गरेकै हो त ? या, उनीहरूको क्रेज घटेको हो ?

