Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेतो पहिरनमा `कुल` गरिमा

फिल्मीखबर, काठमाण्डौ, 2014/11/30
तपाईंले अभिनेत्री गरिमा पन्तको पहिरनलाई ध्यान दिनु भएको छ भने एउटा कुरा याद गर्नु भएकै होला । गरिमा धेरैजसो कार्यक्रममा सेतो पहिरनमा देखिन्छिन् ।
 
 
आज आईतवार आयोजना भएको उनी अभिनित फिल्म 'रंग बैजनी'को पत्रकार सम्मेलनमा गरिमा सेतो पहिरनमा नै देखिइन् । सेतो पहिरन रोजाइ बन्नुको कारण खोल्दै गरिमाले भनिन्– ‘म कुल स्वभावकी छु । सेतो पहिरनले पनि शान्त स्वभावको भन्ने बताउँछ ।’
 
नेपाली फिल्ममा सधैं नै शान्त र नरम भूमिका गरेकी गरिमा सेतो पहिरनमा आफू आकर्षक पनि देखिने बताइन् । उनका अनुसार सेतो पहिरनले मानिसको शान्त रहने शैली बताउँछ । 'मेरो घरमा धेरैजसो सेतो ड्रेस नै छ । कहिलेकाहीं त एउटै ड्रेस जस्तो लागेर आँफैं झुक्किन्छु', गरिमाले भनिन् ।   
 
 
कथामाण्डौमा सेतो ड्रेस लगाउन भने समस्या छ । 'यहाँको धुलोले गर्दा एक दिन पनि सेतो ड्रेस टिकाउन गार्‍हो हुन्छ', गरिमाले भनिन्, 'तै पनि सेतो ड्रेसको मोह घटेको छैन ।' 
 
सेतो परेवालाई शान्तीको दूत पनि भनिन्छ । सायद गरिमा पनि शान्ती रुचाउने यूवती भएका कारण सेतो पहिरन लगाएर हिड्न रुचाउँछिन् । शान्त स्वाभावकी अभिनेत्री कहिल्लै हट नबन्लिन् त ? प्रतिक्षा छ ।
Most Visited News (monthly)