Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

`तीन महिनाभित्र काम गर्न नसके राजिनामा दिन्छु` : सुरेश दर्पण

फिल्मीखबर, काठमाण्डौ, 2014/11/30

चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्त भएका फिल्मकर्मी सुरेश दर्पण पोखरेलले तीन महिना भित्र काम गर्न नसके राजिनामा दिने बताएका छन् । बोर्डको सभा कक्षमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै दर्पणले भने, 'तीन महिनामा केही नयाँँ काम गरेर देखाउने छु । यदि सकिन भने राजिनामा दिन्छु ।'


यस्तै दर्पणले दुई बर्ष अगाडी बोर्डमा भएको आन्दोलनका बेला सञ्चारमन्त्री र बोर्ड अध्यक्षसँग सहमती भएका बुँदाहरूलाई आशिंक रूपमा लागु गर्दै जाने बताउँदै भने, 'मैले काम गर्न सकिन भने कुर्चीबाट थुतेर निकाल्न सक्नुहुनेछ ।' दर्पणले बोर्डको सदस्य पदमा नियुक्त हुनु आफ्नोलागि चुनौती र ठूलो जिम्वेवारी रहेको बताए ।
 
बिगत १३ बर्षदेखि फिल्म क्षेत्रमा रहेको भन्दै अझै थुप्रै १३ बर्ष यो क्षेत्रमा विताउने चाहना राख्ने सुरेशले आजैबाट निर्माता संघको प्रवक्ताबाट राजिनामा दिएका छन् । उनले अब फिल्म क्षेत्रकै प्रवक्ता भएर नेपाली फिल्मको बिकासमा डटेर लाग्ने बताए ।

दर्पणलाई बोर्डमा स्वागत गर्दै अध्यक्ष धर्मेन्द्र मोरवैताले भने, 'सुरेश जस्तो व्यक्ति बोर्डमा आउनु खुसीको कुरा हो । अब आन्दोलन गर्ने र आन्दोलनबाटै आउनेले मिलेर पक्कै नयाँँ काम गरिनेछ ।' मोरावैताले विकास वोर्ड स्वायत्त नभएसम्म र नीति नबनेसम्म विकासको काम गर्न सहज भने नरहेको भनाइ राखे ।


चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, फिल्मकर्मी प्रदीप उदय, आकाश अधिकारी, सुमन दाहाल, अभिनेत्री माल्भिका सुब्बा, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले सुरेशलाई सफल कार्यकालको शुभकामना दिंदै फिल्मको विकासका लागि खुट्टा नकमाई काम गरेर देखाउन सुझाए ।

कार्यक्रममा चलचित्र जाँच समितिको सदस्य पदमा पुन: नियुक्त भएकी अभिनेत्री मेलिना मानन्धरलाई पनि बधाई तथा शुभकामना दिईएको थियो । 

Most Visited News (monthly)