Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चितवनमा `जिन्दगी रक्स`

राजकुमार लामिछाने, चितवन, 2014/11/30
आगामी पौष १८ गते देखि प्रदर्शनको तयारीमा रहेको फिल्म 'जिन्दगी रक्स'को प्रचारका लागी मुख्य पात्र अकेशा बिष्ट र सौरमराज तुलाधर चितवन आएका छन् । नारायणगढको सिम्याक्स हलमा फिल्मको पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो । 
 
 
रोमाञ्चक तथा हाँस्य व्यंगात्मक 'जिन्दगी रक्स'मा युवाहरुको जीवनशैली र मायाप्रेमलाई देखाईएको यसै फिल्मबाट अभिनेत्रीमा डेब्यू गरेकी मोडल अकेशाले जानकारी दिईन् । यस्तै यसै फिल्मबाट अभिनेतामा डेब्यू गरेका सौरमराज दर्शकको चाहना बमोजिमको फिल्म बनाएको बताए । 
 
साँगीतिक फिल्म भनिएको 'जिन्दगी रक्स'मा समेटिएका ४ वटा गीत मध्ये 'लखर लखर' अहिले लोकप्रिय बनिरहेको छ । भी प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधरले लगानी गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 
 
 
सुजिता श्रेष्ठको सह-निर्माण रहेको यो फिल्ममा  निरज महर्जनको पटकथा, हरि हुमागाँईको छायाँकन, निशान घिमिरेको सम्पादन छ भने सोनाम पाख्रिन, ऋचा शर्मा, प्रकृति श्रेष्ठ, राजेन्द्र खड्की, विक्की श्रेष्ठ लगायतका कालाकारहरुको समेत अभिनय देख्न सकिनेछ । 
 
Most Visited News (monthly)