Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यौन धन्दा चलाउनेलाई प्रियंकाको लिगल नोटिस

फिल्मीखबर, काठमाण्डौ, 2014/11/29
बलिउड अभिनेत्री प्रियंका चोपडाको नाममा रहेको घरमा नै यौन धन्दा चलेको खबर सार्वजनिक भएपछि बलिउडमा सनसनी मच्चिएको थियो । यस बिषयमा प्रहरीले प्रियंकालाई क्लिन चिट दिइसकेको छ । प्रियंकाले भने आफ्नो तर्फबाट यस मुद्दालाई हल गर्ने प्रयास गरिरहेकी छिन् ।
 
प्रियंकाको घरको एक फ्ल्याट भाडामा लिएर स्पा सेन्टर चलाउने भन्दै यौन धन्दा गरिरहेकी माणिक सोनीलाई प्रियंकाले लिगल नोटिस पठाएकी छिन् । प्रियंकाकी आमा मधुले भारतीय मिडियासँग कुरा गर्दै अब यो घरमा भाडामा दिइएका सबै सम्झौता खारेज गरिएको छ ।
 
प्रियंकाको मुम्बइको अन्धेरीमा रहेको ३ हजार स्क्वायर फिटको घरका सबै भाडा प्रक्रिया खारेज गरिएको हो । यो घटनाले तनावमा रहेकी प्रियंका यसलाई समाधान गर्ने कोशिशमा लागिरहेकी छिन् । तर, यौन धन्दा चलाउने स्पा सेन्टरकी मालिक्नी सोनी भने पक्राउ पर्न सकेकी छैनन् ।
 
सोनीको स्पा सेन्टरको शाखा थुप्रै शहरमा रहेको बताईए पनि यौन धन्दा भने प्रियंकाको घरमा मात्र हुने गरेको भारतीय प्रहरीले जनाएको छ । यता सोनीको स्पामा बलिउड स्टारहरू सलमान खान, जितेन्द्र, सोहेल खानसहित क्रिकेटर युवराज सिंह, हरभजन सिंह, इरफान पठानलगायत पुग्ने गरेको खुलासा भएको छ ।

 

Most Visited News (monthly)