Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आठ बर्षे बालकले यसरी गरे फिल्म निर्देशन (मेकिङ भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/11/29
गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउन नेपालका आठ बर्षे बालकले फिल्म निर्देशन गरेका छन् । पत्याउनै नसक्ने बिलक्षण प्रतिभा भएका सौगात बिष्टले 'लभ यू बाबा' नामक फिल्म निर्देशन गरेका हुन् । 
 
पत्याउनै गार्‍हो भएपनि सौगातले फिल्म निर्देशन गरेर चमत्कारी देखाएका छन् । उनले निर्देशन गर्दै गरेको मेकिङ भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा सौगातको निर्देशन गर्ने शैली र कमाण्डिङ क्षमता देख्न सकिन्छ । 
 
फिल्म ‘लभ यू बाबा’ ले एउटी छोरीलाई आमाको अभाव हुन नदिन बाबुले गरेको संघर्ष र प्रेमलाई प्रस्तुत गरिएको छ । फिल्मको शिर्ष भूमिकामा अभिनेता गजित विष्ट र संगम विष्ट छन् । निश्मा घिमिरे, अशिष्मा नकर्मी, बसन्त भट्ट, निर्मल शर्मा लगायतका कलाकारहरुको समेत अभिनय रहेको यो फिल्मलाई सम्झना पोख्रेलले निर्माण गरेकी हुन् । 
 
अभिनेता गजितको कथामा तयार गरिएको फिल्म ‘लभ यू बाबा’ मा गम्भिर विष्टको पटकथा तथा संबाद र दिव्यराज सुबेदीको छायांकन रहेको छ । ‘लभ यू बाबा’ आउँदो मंसिर २६ गतेदेखि देशव्यापी रुपमा प्रदशर्नमा आउँदैछ ।

Most Visited News (monthly)