देशभर सफलतापूर्वक चलिरहेको फिल्म 'जेरी'का अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्मा चितवनमा घेरिएका छन् । फिल्मको प्रचारका लागि चितवन पुगेको यो जोडी नारायणगढको ईन्द्रदेव हलमा दर्शकमाझ घेरिएका हुन् ।
.jpg)
शनिबार मध्यान्न साढे १२ बजे ईन्द्रदेव हल पुगेका अनमोल र आना गाडीबाट ओर्लने बित्तिकै दर्शकको घेरामा परेका हुन् । बिशेषगरी अनमोल आफ्ना शुभचिन्तकलाई अटोग्राफ दिन र फोटो खिचाउनमा नै व्यस्त बने । अनमोल र आनालाई दर्शकहरूले ताली र सिठीले स्वागत गरेका थिए ।

अनमोल र आनासँगै निर्देशक हेमराज बिसी र फिल्मकै अर्की कलाकार अमिलिया शर्मा पनि चितवन आएका थिए । उनीहरूले हलमा दर्शकसँगै बसेर 'जेरी' हेरे । दर्शकको सकारात्मक प्रतिकृयाबाट टिम निकै खुसी देखिएका थिए । पोखराहुँदै चितवन आएको यो टिम आजै हेटौंडातर्फ प्रस्थान गरेको छ ।

