हाँस्य टेलिफिल्ममा चर्चा कमाई सकेका तीन जना कमेडियनहरुले नेपाली फिल्म 'नाइके' हेर्नका लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । मंसिर १९ गतेदेखि अलनेपाल रिलिज हुन लागेको फिल्म 'नाइके' हेर्न आग्रह गर्दै उनीहरुले फिल्मलाई सफलताको शुभकामना समेत दिए ।
निर्मल शर्मा ‘गैँडा’, कुमार कट्टेल ‘जिग्रि’ र अर्जुन घिमिरे ‘पाँडे’ले फिल्मको पहिलो शो नै हेर्न उत्सुक रहेको बताउँदै अरुलाई पनि आफुहरुसँगै 'नाइके' हेर्न हलसम्म आउन आग्रह गरेका छन् ।
'नाइके'लाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । आर्यन सिग्देललाई भिन्न लुक्स र भूमिकामा प्रस्तुत गरिएको फिल्मको प्रोमो र गीतहरु यतिबेला निकै चर्चामा छन् । विशेषगरि फिल्मको टाईटल गीत ‘हुँ म नाइके' चर्चामा छ ।
फिल्ममा आर्यनसँगै रेम बिक, सुर्बिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन् ।

