Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनले गर्लान् `ह्याट्रिक`?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/28
अभिनेता आर्यन सिग्देलको एक्सन अवतार मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'नाइके'मा देखिनेछ । तर, 'नाइके' प्रदर्शनमा आउने दिन नजिकिदै गर्दा आर्यन भने घुँडाको अप्रेशन गरेर घरमा आराम गरिरहेका छन् । उनलाई अझै डेढ महिना आराम गर्नुपर्ने अवस्था छ ।
 
आर्यन आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदा पनि 'नाइके'को प्रचारका लागि हिड्ने भएका छन् । सधैं प्रेमीको भूमिकामा देखिने आर्यन यो फिल्ममा एक्सन भूमिकामा देखिनेछन् । जसका कारण पनि उनका लागि यो फिल्म विशेष छ ।
 
आर्यनलाई 'नाइके' चलेको खण्डमा धेरै नै फाइदा हुनेछ । यसको एक महिनापछि आर्यनकै अर्को एक्सन भूमिका रहेको फिल्म 'अलबिदा' प्रदर्शनमा आउँदैछ । 'नाइके'को सफलताको प्रत्यक्ष असार 'अलबिदा'मा देखिनेछ । 
 
यो बर्ष आर्यनका २ फिल्म हलमा लागिसकेका छन् । व्यापारिक रुपमा प्रेमीको भूमिकामा आर्यनले अभिनय गरेका 'नोभेम्बर रेन' र 'लज्जा' सफल ठहरिए । यसैले पनि एकातिर आर्यनको भूमिका परिवर्तन भएको 'नाइके' चलेको खण्डमा दर्शकले उनलाई नयाँ अवतारमा पनि रुचाएको ठहरिनेछ भने अर्को तिर सफल फिल्मको लिस्टमा ह्याट्रिक हुनेछ ।
Most Visited News (monthly)