Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`म पहिलेदेखि नै स्टार` : अजय देवगन

फिल्मीखबर, काठमाण्डौ, 2014/11/28
आफ्नो नयाँ फिल्म 'एक्सन ज्याक्सन'को प्रचारमा जोडतोडका साथ लागेका अभिनेता अजय देवगन सधैं नै चर्चामा रहन्छन् । अजय बलिउडमा सधैंं नै एकैनासले अगाडि बढेका अभिनेता हुन् । 
 
यिनै अजयले आफ्नो फिल्म रिलिजको केही दिन अगाडि भारतीय संचारमाध्यमसँग कुरा गर्दै आफू सधैं नै सुपरस्टार रहेको दाबी गरेका छन् । अजयले भने, 'फिल्म 'फूल और काँटे' रिलिज भएपछि म स्टार भएको हुँ । यसपछि मैले कहिल्लै पछाडि फर्केर हेर्नु परेको छैन ।'
 
अजयले बलिउडमा ३ खानको स्टारडमसँग अन्य कलाकारको तुलना मिडियाले गरेको बताए । अजयका अनुसार खानहरुलाई मिडियाले अनावश्यक रुपमा तानिरहेको छ, जुन वास्तविकता होइन । बलिउडमा सबै कलाकारको स्थान आ-आफ्नो ठाउँमा उच्च रहेको 'सिंघम' अभिनेताको भनाइ छ ।
 
अजय पछिल्ला केही बर्षयता एक्सन पाटोमा जम्न थालेका छन् । उनले अभिनय गरेका 'सिंघम', 'सिंघम रिटर्न्स', 'गोलमाल', 'गोलमाल २', 'गोलमाल ३' लगायतका फिल्म हिट छन् ।
Most Visited News (monthly)